बागलुङमा आगोलागी नियन्त्रणका लागि नमुना अभ्यास
बाग्लुङ | माघ २७, २०७९
फाइल तस्बिर
बागलुङ : बागलुङ बजारमा विपद् व्यवस्थापन सम्बन्धी आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास भएको छ।
सशस्त्र प्रहरी गुल्म बागलुङ र नेपाल प्रहरी विपद् व्यवस्थापन गुल्म बागलुङले संयुक्त रूपमा बागलुङ नगरपालिका–१, बांगेचौर मैदानमा नमुना अभ्यास गरेको हो।
आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र र नेपाल प्रहरीको टोलीले कृतिम नमुना अभ्यास गरेको थियो।
आगोलागी नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी गुल्म बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण कुमार श्रेष्ठले बताए।
विपद् व्यवस्थापनका क्रममा आगोलागी हुँदा प्रहरीलाई तत्काल खबर गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटना स्थलमा पुगेर संयुक्त रूपमा आगोलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने, क्षतिको मुचुल्का उठाउने लगायत नमुना अभ्यासमा देखाइएको थियो।
अभ्यासका क्रममा बागलुङ नगरपालिकाको दमकल र धौलागिरी अस्पताल बागलुङको एम्बुलेन्स प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाईतेहरूलाई अस्पताल पुर्याउन तत्काल चाहिने सवारी साधनहरूको बारेमा जानकारी समेत गराइएको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरी उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन्।
सो अनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासका लागि आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको गुल्मपति श्रेष्ठले बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

